national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी
NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलागा द्वादशी - २७

परिचयः साझा स्वास्थ्य सेवा

राष्ट्रका जनसाधारणको स्वास्थ्य प्रति सचेत रही औषधिको क्षेत्रमा सरकारको प्रत्यक्ष निगरानीमा सेवा पु¥याउने पूनित उद्देश्यबाट अभिप्रेरित भई तत्कालिन श्री ५ बडामहाराजधिराज प्रधान संरक्षक, राष्ट्रिय पञ्चायतका अध्यक्ष श्री विश्ववन्धु थापा अध्यक्ष, विभिन्न मन्त्रालयका सचिवहरु लगायत उच्चपदस्थ व्यक्तित्वहरु सदस्य र डा. रामभद्र अडिगा महाप्रबन्धक रहने व्यवस्था भई वि.सं. २०२१।०३।०३ मा स्थापना भएको यस संस्थाले आफ्नो स्थापनाकाल देखि नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका स्वास्थ्य सेवा विभाग, हेल्थ पोष्ट लगायत निकाय तथा विभिन्न अस्पतालहरुमा अस्पताल फार्मेसीको रुपमा औषधी तथा औषधीजन्य सामाग्री उपलब्ध गराई सेवा गरि आएको यो संस्था हाल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी नियमन प्राधिकरण
(तत्कालिन राष्ट्रिय सहकारी विकास बोर्ड) को ७४.२४ प्रशिशत शेयर स्वामित्व रहेकोे छ ।

हाल संस्थाले प्रायः सरकारी अस्पताल तथा शिक्षण अस्पताल परिसर भित्र २७ वटा साझा फार्मेसी (Pharmacy) खोलेर औषधि तथा स्वास्थ्य सामाग्रीहरुको सवैभन्दा ठूलो राष्ट्रिय सञ्जाल (National Network) विस्तार गरी सुपथ मूल्यमा २४सै घण्टा गुणस्तरयुक्त अत्यावश्यक सेवा अन्तर्गत पर्ने औषधि तथा औषधिजन्य सामाग्री सुपथ मूल्यमा विक्री वितरण गर्दै आईरहेको छ । साथै वि.सं. २०२१ साल देखि नै औषधी व्यवस्था विभागको सिफारिस तथा गृह मन्त्रालयको आयात अनुमतीमा क्यान्सर पिडित एवं शल्यक्रियामा अत्यावश्यक हुने जीवनरक्षक मनोद्धिपक औषधिहरु Pethidine, Morphine, Fentanyl आदि Mratendale Pharma UK वाट आयात गरी सुरक्षित तवरले सर्वसुलभ मूल्यमा बिक्री वितरण गर्दै आईरहेको छ ।