लिलाम बिक्री सम्बन्धी सूचना २०८३।०४।०७
लिलाम बिक्री सम्बन्धी सूचना २०८३।०४।०७
साझा स्वास्थ्य सेवा
(नेपाल सरकारको अधिकांश स्वामित्व रहेको संस्था)
केन्द्रीय कार्यालय ः चावहिल, काठमाडौँ ।
लिलाम विक्री सम्बन्धी सूचना !
(प्रथम पटक मिति २०८३।०४।०७ मा संस्थाको वेवसाईट र सूचनापाटीमा प्रकाशित विस्तृत सूचना)
संस्थाको केन्द्रीय कार्यालय मा रहेका पुराना २ थान मोटरसाईकल (बा७प ७६१२ (हिरोहोन्डा), बा.४५प ३८५९ (हिरोहोन्डा), विराटनगर शाखा कार्यालयमा रहेको को.४प, ३१९६ (हिरोहोन्डा) १ थान र चितवन शाखामा रहेको ना.२प ५९६९ (हिरोहोन्डा स्पेलेन्डर) १ थान गरी जम्मा ४ थान पुराना मोटरसाईकल लिलाम विक्री गर्ने मिति २०८३।०४।०६ को निर्णयानुसार मिति २०८३।०४।१४ गते (के.का मा रहेका उल्लेखित २ थान मोटरसाईकल के.का.वाट र शाखा कार्यालयमा रहेका उल्लेखित मोटरसाईकल सम्बन्धित शाखावाटै लिलाम विक्री हुने) बढाबढको प्रकृयाद्वारा उल्लेखित सामानहरु लिलाम विक्री गरिने भएकोले सम्बन्धित सबैमा यो सार्वजनिक सूचना जारी गरिएको छ । साथै लिलाम सकार्ने बोलपत्रदाताले हरेक अदतको लागि डाक बोल्नु पर्ने, कुनै सामान छुट्ट्याईएर डाक बोल्न नपाउने, उक्त समयमा डाक बोल्न अगावै कबोल गरेको रकमको ५ ( पाँच) प्रतिशतले हुने रकम धरौटी राख्नुपर्ने र लिलाम स्वीकृत भएको ७ दिन भित्र सम्पूर्ण रकम चुक्ता गरी लिलाम सकारेको सामान लैजानु पर्ने
छ ।
(किशोर कुमार दाहाल)
नि.महाप्रबन्धक