करार सेवामा कर्मचारी आवश्यकता सम्बन्धी सूचना !

(सूचना प्रकाशित मिति ः २०८३।०३।३२ गते, वेवसाईट र सूचनापाटी)

साझा स्वास्थ्य सेवा
(नेपाल सरकारको अधिकांश स्वामित्व रहेको संस्था)
केन्द्रीय कार्यालयः का.म.न.पा. ७, चावहिल, काठमाडौँ
Web: www.sajhaswasthyasewa.gov.np, फोन नं.ः ०१–४८२२७६९, Email: sajha1964@gmail.com

करार सेवामा कर्मचारी आवश्यकता सम्बन्धी सूचना !
(सूचना प्रकाशित मिति ः २०८३।०३।३२ गते, वेवसाईट र सूचनापाटी)

   यस संस्थाको विभिन्न शाखा अन्तर्गतका फार्मेसीहरुमा (लोक सेवा अयोगद्वारा संस्थाको स्थायी पदपूर्ति भएमा स्वतः करार सेवा रद्द हुने गरी) तपशिल वमोजिमका पदहरुमा करार सेवाद्वारा पदपुर्ति गर्नुपर्ने भएकोले १५ (पन्ध्र) दिन भित्र कार्यालय समयमा संस्थाको केन्द्रीय कार्यालयमा दरखास्त दिनुहुन यो सूचना प्रकाशित गरिएको छ । अन्तीम दिन सार्वजनिक विदा पर्न गएमा सो को भोलीपल्ट दरखास्त बुझाउन सकिनेछ । 
क्र.  सं.    विज्ञापन नं.    पद÷तह    आवश्यक संख्या                    प रीक्षाको किसिम    आवश्यक न्यूनतम योग्यता    परीक्षा दस्तुर
१    १।०८२।०८३    फार्मेसी सहायक (स.तृ., प्रा.)    ९ (नौ जना)     मौखिक परिक्षा (अन्र्तवार्ता)    औषधि विज्ञानमा प्रमाणपत्र तह 
                                                     (D.Pharmacy) उत्तिर्ण गरी नेपाल फार्मेसी   परिषदको दर्ता प्रमाण पत्र प्राप्त ।    ५००।–
१) दरखास्त फारामः संस्थाको वेवसाईटवाट डाउनलोड गर्न सकिने छ । 
दरखास्त फाराममा रु. १० को टिकट टाँसी देहायमा उल्लेखित कागजातहरु पेश गर्नुपर्नेछ । 
-    न्यूनतम शैक्षिक योग्यता तथा वाञ्छनीय योग्यताको प्रमाणपत्रको प्रतिलिपिहरु 
-   नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि                                    
-    फार्मेसी परिषद दर्ता प्रमाण पत्रको प्रतिलिपि                         
-    कार्य अनुभवको प्रमाणपत्रहरु 
-    दस्तुर वापत संस्थाको कृषि विकास बैँक, कपन, काठमाडौँ शाखामा रहेको खाता नं. ०२११५०५२३९६५२०२७ मा जम्मा गरेको सक्कल          बैँक भौचर        
२) दरखास्त फाराम केन्द्रीय कार्यालयमा बुझाउन सकिनेछ । ईमेलमा पठाईएको दरखास्त फारामलाई मान्यता दिईने छैन ।
३) अन्र्तवार्ताको मिति सम्म आफ्नो नाममा व्यवसायी दर्ता नभएको प्रमाण औषधी व्यवस्था विभागवाट अनिवार्य रुपमा लिई पेश गर्नुपर्नेछ ।
४) संस्थामा दैनिक ज्यालादारी सेवामा कार्यरत कर्मचारीहरुलाई विशेष प्राथमिकता दिईनेछ ।  
५) अन्र्तवार्ता सम्बन्धी सूचना संस्थाको वेवसाईट र सूचनापाटीमा पछि प्रकाशन गरिनेछ । 
६) सेवा सुविधाः संस्थाको नियमानुसार । 
नोटः थप सूचना भएमा संस्थाको वेवसाईट र सूचनापाटीमा प्रकाशन गरीनेछ । विस्तृत जानकारीको लागी प्रशासन महाशाखाको टेलिफोन नं.०१–४८२२७६९ मा सम्पर्क गर्न सकिनेछ ।            
..........................
(किशोर कुमार दाहाल)
नि.महाप्रबन्धक