जग्गा वहाल सम्बन्धी शिलबन्दी बोलपत्र आह्वानको विस्तृत सूचना २०८३।०८।०४ सरस्वतीनगर चावहिल काठमाडौँ स्थित जग्गा र धनगढी तारानगर स्थित भवनको बोलपत्र सम्पर्क नम्बर, काठमाडौँः ०१४८२२७६९, धनगढी ०९१ ५२१२१८
जग्गा वहाल सम्बन्धी शिलबन्दी बोलपत्र आह्वानको विस्तृत सूचना (दोश्रो पटक मितिः २०८३।०८।०४ गते वेवसाईट www.sajhaswasthyasewa.gov.np र सूचनापाटीमा प्रकाशित सूचना) प्रस्तावकको नामः साझा स्वास्थ्य सेवाको स्वामित्वमा रहेको जग्गा/भवन वहालमा दिने सम्बन्धी बोलपत्र १. यस साझा स्वास्थ्य सेवाको तपशिल वमोजिमको स्थान/ठेगाना, कित्ता नं. र क्षेत्रफलको जग्गा/भवन २०८८ मंसिर मसान्त सम्म (४ वर्ष ११ महिना) का लागि देहायमा उल्लेखित मिति वाट लागु हुने गरी वहालमा दिनुपर्ने भएकोले इच्छुक नेपाली नागरिक, फर्म, संघ संस्थाहरुवाट पुनः शिलवन्दी बोलपत्र आव्हान गरिएको छ । तपशिलः क्र. सं. स्थान/ठेगाना कित्ता नं. क्षेत्रफल सम्पर्क फोन नं. वहालमा लगाउने मिति कैफियत का.म.न.पा. सरस्वतीनगर स्थित संस्थाको ४१२ १४ आना जग्गा 16*17.5 (स्क्वायर फिट) ०१–४८२२७६९ केन्द्रीय कार्यालय ०८३ पौष/माघ देखि १५ दिन 2 धनगढी उप.म.न.पा., कैलाली, हसनपुर, स्थित संस्थाको भवनको पसल कवलहरु तथा भुईतल्लाका ६ कोठाहरु १४१७ पसल/कवल (मेन गेटको पूर्वपट्टी) (18.3*17.5) पसल नं. १ पसल÷कवल (मेन गेटको पश्चिम पट्टी) पसल नं. २ तथा भुईतल्लाका ६ कोठाहरु ३५ दिन २. इच्छुक योग्य बोलपत्रदाताहरुले बोलपत्र पुस्तिका सूचना प्रकाशित भएको मिति २०८३।०८।०४ देखि २०८३।०८।१८ गते (१५औँ दिन) (धनगढी स्थित भवनको हकमा २०८३।०८।०४ देखि २०८३।०९।०९ सम्म ३५ दिन) दिनको १ः०० वजे सम्म खरिद÷दर्ता गर्न सक्नेछन् । सो बोलपत्र अनिवार्य रुपमा सिलबन्दी पेश गर्नुपर्नेछ । तोकिएको मिति तथा समयभन्दा पछि बुझाईएको बोलपत्र स्वीकार गरिने छैन । ३. ईच्छुक योग्य बोलपत्रलाताहरुले फिर्ता नहुने गरी उक्त जग्गाको रु. २०००।– र भवनको हकमा रु. १०००।– यस साझा स्वास्थ्य सेवाको कृषि विकास बैँक लिमिटेड, कपन, काठमाडौँमा रहेको खाता नं. 0211505239652027 मा जम्मा गरेको वैँक भौचर तथा लिखित निवेदनको साथमा व्यक्ति भएमा नेपाली नागरीकता प्रमाणपत्र र संघ, संस्था, कम्पनी आदि भएमा व्यवसाय दर्ता प्रमाणपत्र, प्यान्भ्याट प्रमाणपत्र, कर चुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि पेश गरे पछि मात्र बोलपत्र पुस्तिका तपशिलमा तोकिएको समयावधि भित्र खरिद गर्न सक्नेछन् । ४. प्राप्त भएका बोलपत्रहरु मिति २०८३।०८।२१ गते (२०८३।०८।१९ मा सार्वजनिक विदा भएकोले) (धनगढी स्थित भवनको हकमा मिति २०८३।०९।०१३ गते (२०८३।०९।१० मा सार्वजनिक विदा भएकोले) दिनको २ः०० बजे उपस्थित भएका बोलपत्रदाता वा निजका प्रतिनिधिहरुको रोहवरमा खोलिने छ । बोलपत्रदाता वा प्रतिनिधीहरु उपस्थित नभएमा पनि बोलपत्र खोल्न बाधा पुग्ने छैन । ५. बोलपत्रसाथ जमानत (धरौटी) वापतको रकम एक वर्षको वहाल बापत कबोल गरेको रकमको २.५% ले हुन आउने बरावरको रकम यस संस्थाको कृषि विकास बैँक लिमिटेडमा रहेको माथि उल्लेखित खाता नम्बर मा जम्मा गरेको सक्कल भौचर संलग्न हुनु पर्नेछ ६. बोलपत्र खरिद गर्ने, दाखिला गर्ने र खोल्ने अन्तिम दिन विदा परेको खण्डमा त्यसको लगत्तै कार्यालय खुलेको दिन बोलपत्र खरिद गर्ने, दाखिला गर्न र खोल्न सकिने छ । ७. बोलपत्रदाताहरुलाई आफ्नो बोलपत्र बुझाउनु अगावै माथि उल्लेखित गरिएको जग्गा/भवन निरिक्षण गर्न उल्लेखित नम्बरमा सम्पर्क र समन्वय का लागि सुझाव दिईएको छ । ९. बोलपत्र स्विकृत/अस्विकृत वा रद्द गर्ने सम्पूर्ण अधिकार यस संस्थामा निहित रहनेछ । साझा स्वास्थ्य सेवा (नेपाल सरकारको अधिकांश स्वामित्व रहेको संस्था) केन्द्रीय कार्यालयः कुमारीमार्ग, चावहिल, काठमाडौँ, फोन नं. ०१–४८२२७६९ सरस्वतीनगर चावहिल काठमाडौँ स्थित जग्गा र धनगढी तारानगर स्थित भवनको बोलपत्र सम्पर्क नम्बर, काठमाडौँः ०१४८२२७६९, धनगढी ०९१ ५२१२१८